नियम ३३
मुख्य रोजगारदाताको दायित्व
ऐन र यस नियमावलीमा लेखिएको अतिरिक्त मुख्य रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछः-
(क)   ऐन र नियमावली बमोजिम मुख्य रोजगारदाताले श्रमिकलार्इ उपलब्ध गराउने पारिश्रमिक र भत्ता बाहेक अन्य सेवा सुविधामा प्रतिष्ठानका श्रमिक र श्रमिक आपूर्तिकर्ता मार्फत कार्यरत श्रमिकबीच भेदभाव नगर्ने,
(ख)    आपूर्ति भएका श्रमिकहरुको व्यक्तिगत अभिलेख र हाजिरी अभिलेख राख्ने, राख्न लगाउने,
(ग)  श्रमिक आपूर्तिकर्ता कम्पनीलाई सम्झौता बमोजिमको भुक्तानी गर्नुपर्ने रकम सम्झौतामा तोकिएमा सो अवधि वा समयमा र सम्झौतामा नतोकिएकोमा मासिक रुपमा भुक्तानी दिने,
(घ)  नियम ३७ बमोजिम गठन हुने सुरक्षा तथा स्वास्थ्य समितिमा श्रमिक आपूर्तिकर्ता मार्फत कार्यरत श्रमिकलार्इ समावेश गर्ने ।